भारतले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य, ऊर्जा र व्यापार संकट गहिरिँदै गएको भन्दै यसको सबैभन्दा ठूलो मार विकासशील देशहरूले खेपिरहेको बताएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भारतले सन् १९४३ को बंगाल अनिकाल स्मरण गराउँदै युद्धको असर युद्धमा संलग्न नभएका देश र सर्वसाधारणले समेत भोग्नुपर्ने चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पर्वतनेनीले सोमबार सुरक्षा परिषद्को उच्चस्तरीय बैठकमा युद्धको मूल्य सबै देशले समान रूपमा नचुकाउने बताएका हुन् । ऊर्जा पूर्वाधार र विश्वव्यापी खाद्य आपूर्तिका लागि कृष्ण सागरको समुद्री मार्ग सुरक्षित गर्ने विषयमा आयोजित बैठकमा उनले युद्धले खाद्यान्न, इन्धन, मल र ऊर्जाको आपूर्तिमा अवरोध पुर्‍याएको बताए ।