भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई मेन्सन गर्दै भारतीय विपक्षी दल तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले भारत सरकारको व्यवहारमाथि प्रश्न उठाएकी छन् । सांसद मोइत्राले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री बालेनलाई सम्बोधन गर्दै नेपालसँगको सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यवहार र आफ्नै देशका युवामाथि गरिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणी गरेकी हुन् ।