दुई दिन थोरै उकालो लागेको सुनको भाउमा नेपाली बजारमा बुधबार पुन: भारी गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। विगत दुई दिनमा (सोमबार र मंगलबार) सुनको मूल्य कुल ५ हजार २ सय रुपैयाँले उकालो लागेको भए पनि बुधबार एकैपटक उच्च दरमा घटेको हो।