वैज्ञानिक क्षेत्रमा विश्वव्यापी नेतृत्वका लागि अमेरिका र चीनबीच प्रतिस्पर्धा चर्किरहेका बेला वासिङ्टन र अमेरिकाका विभिन्न राज्यले चीनसँगको शैक्षिक सम्बन्धमा प्रतिबन्ध लगाउन थालेका छन् ।

सन् २०१८ यता अमेरिकी कंग्रेस र २३ वटा राज्यले विदेशी वैज्ञानिक, विद्यार्थी तथा शैक्षिक संस्थासँग अमेरिकी विश्वविद्यालयहरूले गर्ने सहकार्यमा अंकुश लगाउने उद्देश्यले १५८ वटा विधेयक अघि सारेका छन् । तीमध्ये २४ वटा कानुन बनेको ‘कमिटी अफ १००’ नामक गैरनाफामूलक संस्थाको नयाँ ट्र्याकरले देखाएको छ । यो संस्था चिनियाँ मूलका प्रतिष्ठित अमेरिकीहरूको समूह हो ।