खेत गोरु ले जोत्ने गरेको भए गोरुलाई सहर बजारका सडक सडकमा बेबारिसे देख्न पर्दैनथ्यो। गोरु काटेर खानेले गोरु बुढो नहुन्जेल आँट गर्दैन्थ्यो ।गोरुले जोतेर धान रोपिन्थ्यो भने ट्याक्टर चाहिदैन थियो, ट्याक्टर नहुँदा डिजेल इन्धन को समस्या हुदैन्थ्यो, डिजेल नचाहिदा डिजेल हजार रुपैयाँ लिटर नै हुँदा पनि मतलब हुदैन।
उन्नत बिउका लागि हाम्रा बा हजुरबाले पोकामा प्याक गरेर राखेको धानको पुरानै बिउ १ बर्ष सम्म मज्जाले उत्पादन दिन्थ्यो अहिले भेटेरिनरी गएर किनेर ल्याएको बिउको फल लाग्दैनन्। उत्पादन पनि बढ्नुपर्ने मा घट्दो छ ।
गाइबस्तुको मललाई, घरको कम्पोष्ट मल लाइ प्राथमिकता दिएको भए आज युरिया र दाना मलको लागि लुटेरा बन्न पर्दैनथ्यो ।
बिकास र सहजताको नाममा राज्य नै बिदेशी को बुइँ चढेको छ । जनतालाई पराधीन बनाएको कुरामा हेक्का रहेन । कमिशन पाउने भए पछि यस्ता समान ल्यायो र जनताको बानी बिगार्दियो बिग्रेको बानी सुध्रिने कुरा चोट नखाइ हुदैन ।
आफुले उत्पादन गर्न नसक्ने भएपछि आयात गर्नुपर्ने हुन्छ । आयात गर्ने क्षमता नहुँदा सामान पाइदैन वा दिनेले नदिँदा पनि समान पाइदैन । फलस्वरूप नेपालको कृषि पेशा पुर्णतया ईन्डिया मा निर्भर छ । यस्तो परनिर्भरता मा रहेको कृषि ले जनताको भोक मेटाउदैन ।
बरु तथ्याङ्क हेर्नुस इन्डिया कै दाल तरकारी र धान खाएर बाच्नु परेको छ । यो सबै अबस्था को मुल जड नै बिकाउ प्रशासन र कमिशन बादी नेता मन्त्री हुन् । नेपालमा यि स्याँल हुँडार हरुले कुनै पनि क्षेत्रमा आफ्नो गन्धे नजर नलगाएको र जनहितमा काम गरेको रेकर्ड पाइदैन।