१२ वैशाख, काठमाडौं । पाकिस्तान भ्रमणमा रहेका इरानका विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ । अमेरिका र इजरायलसँग जारी इरानको युद्धविराम र शान्ति सम्झौताबारे छलफल गर्न इरानी विदेशमन्त्री शुक्रबार राति पाकिस्तान आएका हुन् ।

पाकिस्तानी सेनाप्रमुख मुनीर अमेरिका-इरान युद्धविरामदेखि शान्ति वार्ता गराउनमा सक्रिय भूमिका निर्वाह गरिरहेका अधिकारी हुन् ।