चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगातार आफ्नो अग्रता बढाएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार रविले १९ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यसैगरि नेकपा एमालेका कृष्णभक्त पोखरेलले ९ हजार एक सय ७३ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको मतगणना अपडेट अनुसार रविले १० हजार ७ सय ९५ मतको अग्रता लिएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ४२ मत प्राप्त गरेका छन् । चितवन–२ मा हालसम्म ३८ हजार ५ सय ९८ मतगणना भएको छ ।








