सर्लाहीमा दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा परेर दुईजनाको ज्यान गएको छ । मंगलवार ब्रह्मपुरी गाउँपालिका–६, नोकेल्वामा पोखरीमा ढुबेर एक बालिकाको मृत्यु भएको छ । देवशरण रायकी १० वर्षकी छोरी उषाकुमारी यादवको पोखरीमा ढुबेर ज्यान गएको हो ।
मंगलवार बिहान घरबाट हराएकी बालिकाको साँझ मात्र घरदेखी ४ सय मिटरको दुरीमा रहेको रत्नेश्वर रायको पोखरीमा ढुबेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको हो ।
प्रहरीले घटनाको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । घटनाको थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
यस्तै जिल्लाको लालबन्दी नगरपालिका स्थित नवलपुर चोकमा घरको बरण्डाबाट लडेर एक पुरुषको ज्यान गएको छ । मंगलवार राती लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा कोठा लिएर बस्दै आएका एक पुरुषको घरको बरण्डाबाट लडेर मृत्यु भएको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, स्थाई घर भएका ५० बर्षका भरतलाल लामाको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।उनलाई तत्काल उद्धार गरी नमुना अस्पताल हरिवन पुर्याईएको थियो । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकारी एवं डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।








