चितवन महोत्सवको तयारी अन्तिम चरणमा

समाचार शेयर गर्नुहोस्

यही पुस २५ देखि सुरू हुने चिमहोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गर्दै आगामी पुस २५ गतेबाट माघ ४ गतेसम्म नारायणी नदी किनारको प्रदर्शनी मैदानमा हुने मेलाको तयारीबारे जानकारी गराएको हो । उद्योग वाणिज्य संघ चितवनको आयोजना भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको प्रवर्द्धनमा महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिए ।तवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

महोत्सवमा यस पटक पनि कृषिलाई पहिलो प्राथमिकतामा राखिने र चितवनको तोरी र मौरी पालन व्यवसायलाई प्रतिबिम्बित गरिने श्रेष्ठले बताए । कोरोनाका कारण समस्यामा परेको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाइ छ ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चितवनको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आशा जनाए ।

त्यस्तै गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा ११ औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला गोरखाको खेलकुद मैदानमा आगामी पौष २७ देखि माघ ७ गते सम्म आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *