यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८८ अङ्कले बढेर बन्द भएको छ । नेप्सेमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि आएसँगै परिसूचक २१८२ अङ्कमा पुगेर रोकिएको छ । गत साताको शुक्रबार नेप्से परिसूचक २०९४ अङ्कमा कायम थियो ।
यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये ४ दिन नेप्से परिसूचक बढेसँगै ४ प्रतिशतभन्दा बढीको सुधार आएको हो । साताका ५ दिनमध्ये बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसक्रममा यो साता साढे १२ अर्ब बढीको कारोबार भएको छ ।
गत साताभर १३ अर्ब बढीको कारोबार भएको थियो । जुन, यो सातामा भएको कारोबारको तुलनामा ५० करोड बढी हो । परिसूचक बढेसँगै बजार पुँजीकरण समेत बढेको छ । यो साता बजार पुँजीकरण १ खर्ब २७ अर्ब रुपैयाँ बढेर २१ खर्ब ४९ अर्ब रुपैयाँ कायम भयो ।
गत साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब २२ अर्ब रुपैयाँ थियो । यसका साथै, यो साता सेन्सेटिभ इन्डेक्स ४.२८ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ४.२४ प्रतिशतले बढेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स ४.६३ प्रतिशत बढेको छ ।
यो पनि पढ्नुहोस्
ताजा समाचार
"AI तथा प्रविधिको दुरुपयोग गरी सिर्जना हुने कन्टेन्टका सम्बन्धमा" सार्वजनिक सचेतना
श्रावण २८ गते २०८३
आलोचना गर्दा गोली हान्ने धम्की आयो
असार ३० गते २०८३
बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
असार ३० गते २०८३
मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी
असार ३० गते २०८३
सँगै संसद्मा आएका बालेन-रवि सँगै बाहिरिए
असार ३० गते २०८३
लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
असार ३० गते २०८३
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
असार ३० गते २०८३
