काठमाण्डाैँ,

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले मुद्दालाई अग्राधिकार दिँदै १५ दिनभित्र यसबारे लिखित जवाफ पेस गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ।

उपाध्यायलगायतले आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम  बहस गरेका थिए।

 

जनयुद्धमा मरेका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्तिका आधारमा प्रचण्डलाई पक्राउ गर्न अन्तिम आदेश दिनुपर्ने निवेदकको मागलाई न्यायाधीश खतिवडाको इजलासले अस्वीकार गरेको हो।सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता गर्न पनि न्यायाधीश खतिवडा सम्मिलित संयुक्त इजलासले आदेश दिएको थियो।