काठमाण्डाैँ,
अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले आगामी एक फिल्ममा सहकार्य गर्ने खबर केही महिनाअघि बाहिरिएकाे थियाे। तर त्यतिबेला रेखाले उक्त खबरलाइ अस्विकार गरेकी थिइन्।
यतिबेला यी दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सले उक्त फिल्म बनाउने रेखाले फेसबुकमा उल्लेख गरेकी छन् ।








