काठमाण्डाैँ,

साेमबार बिहान बसेकाे मन्त्रिपरिषदकाे बैठकले नेपाल प्रहरीका ५ नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे छ।

मन्त्रिपरिषद्‌ले डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई,दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य गरी ५ जनालाइ एआईजीमा बढुवा गरेको छ। यस्तै बढुवा समितिले ५ जनालाइ एआईजी बढुवाकाे लागी सिफारिस गरेकाे थियाे

उनिहरू ५ जना मध्येबाटै १ जना आउँदो चैत ११ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा बढुवा हुनेछन्।

 हालका आईजी धीरजप्रताप सिंह तथा उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित तथा डीआईजीहरु चैत १० गते अनिवार्य अवकाशमा जाँदैछन्। जसकारण अहिले बढुवा भएका ५ जना मध्येबाट १ जना नेपाल प्रहरीको ३०औं आईजीमा बढुवा हुनेछन्।