काठमाण्डाैँ,
गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा एक दम्पतीलाई मार्ने धम्की आएको पीडितले गुनासो गरेका छन्।
हेटौँडा उपमहानगरपालिका-१६ मा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर स्थानीय रेडरोज बोर्डिङ स्कुलका प्रिन्सिपल कैलाश धिताल र उनकी श्रीमती आस्था रिजाललाई मार्ने धम्की दिइएको भन्दै प्रहरीमा उजुरी परेको छ।
निर्वाचनमा एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको गठबन्धन विजयी भएपछि नेपाली कांग्रेसनिकट तीनजना युवाले आफू नभएको समयमा आफ्नो डेरामा पुगेर दलबलसहित ढुंगामुडा बाेकेर श्रिमती एक्लै रहेकाे समयमा तिन युवकले ज्यानमार्ने धम्की दिएकाे र श्रीमतिलाइ अपशब्द प्रयाेग गरी मार्ने धम्की दिएकाे धितालले बताए।
यस्तै उनिहरूले फाेनमा समेत अपशब्द प्रयाेग गरी ज्यान मार्ने धम्की दिएकाेसमेत गुनासाे गरे। धम्कीपछि हेटौँडा १६ का बुद्धिप्रसाद गौतम, शंकर पनेरु र सुवर्ण पौडेलविरुद्ध धिताल दम्पतीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।
यो पनि पढ्नुहोस्
ताजा समाचार
पहिरोले बाजुराको बडीमालिकामा सात घर-गोठमा क्षति
भाद्र २१ गते २०८३
रसुवाको एउटा गाउँ जहाँ बाढीपछि बेग्लै चिन्ता थपिएको छ
भाद्र २१ गते २०८३
दुई हजार चार सय ७२ जनाको डिएनए संकलन
भाद्र २१ गते २०८३
पग्लिँदै हिमाल, फुट्दै हिमताल: जलवायु न्याय र क्षतिपूर्तिको पर्खाइमा नेपाल
भाद्र २१ गते २०८३
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन
भाद्र २१ गते २०८३
न्युयोर्कका मेयर ममदानीले विद्यालयमा लगाए एआई प्रयोग गर्न रोक
भाद्र २१ गते २०८३
बाढी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति प्राथमिकतामा
भाद्र २१ गते २०८३
