दुर्गेशविरूद्ध दिएकाे उजुरी फिर्ता लिइ उल्टै माफी मागे रिदम क्षेत्रीले

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

दुर्गेशविरूद्ध प्रहरीमा उजुरी दिएका रिदम क्षेत्रीले उल्टै मागी दुर्गेशमाथी लगाइएकाे आरोप  फिर्ता लिए।यस्तै रिदमले टाेखामा भएकाे म्युजिक भिडियाे कलाकारहरूकाे  पिकनिकमा आफूमाथि कुटपिट भएको भन्दै रिदमले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए।

पिकनिकमा भएको झडपका दौरान आफ्नो सिक्रीसमेत दुर्गेशले चुँडालेको रिदमले आरोप लगाएका थिए । त्यो सिक्री हराएको भन्दै उनले त्यसको पैसा दुर्गेशले तिर्नुपर्ने माग समेत गरेका थिए ।

हिजोको छलफलका दौरान सिक्रीको पनि कुरा रिदमले फिर्ता लिएका छन् । सिक्री हराएको भए तत्काल किन होहल्ला नगरेको ? किन तुरुन्तै प्रहरीमा उजुरी दिन नगएको ? भन्दै दुर्गेशले प्रतिवाद गरेपछि रिदम मौन बसेका थिए ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । दुवैले अब एक–अर्का विरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका छन् । प्रहरी स्रोतका अनुसार कुराकानीका दौरान आफूले अरूको उक्साहटमा दुर्गेशमाथि जथाभाबी बोलेको भन्दै माफी मागेका थिए ।

‘दाइ सरी, आइन्दा अरूको उक्साहटमा लागेर तपाईँको विषयमा म केही पनि बोल्ने छैन,’ रिदमको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले सुनायो ।

दुर्गेशले पनि अब आइन्दा यो विषयलाई इस्यू नबनाउने प्रतिबद्धता जनाएका छन् ।

दुवैबीच भएको लिखित मिलापत्रमा अब आइन्दा एक–अर्का विरुद्ध कुनै टीकाटिप्पणी नगर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको