दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाको प्रतिनिधि टोलीले हैदरावाद साइबर अपराध प्रहरीसमक्ष उजुरी दर्ता गराएको छ।

सामाजिक सञ्जालमा दुवै कलाकारका विषयमा भ्रामक तथा झूटा सामग्री फैलाइएको भन्दै टोलीले अनुसन्धानको माग गर्दै उजुरी दिएको हो।