काठमाडौँ,

साताकाे चाैथाे दिन (बुधवार) सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५.०७ अंकको विन्दुमा उक्लिएको छ । यद्यपि, ८ अंकले नेप्से बढ्दैगर्दा यता कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ ।

कुल १६४ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ३, फाइनान्स ६, होटल तथा पर्यटन ३२, जलविद्युत् १०, जीवन बीमा २९, अन्य ३ र माइक्रोफाइनान्स उपसमूह २९ अंक बढे । ब्यापार ८, निर्जीवन बीमा ४४ र उत्पादन उपसमूह ४ अंक घटे । कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, गुराास लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक र हिमालयन डिस्टिलरी क्रमश अगाडि रहेकाे छ।