काठमाण्डाैँ,
आगामी वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने भएको छ । बुधवार बसेको बैंकर्स सङ्घको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंक अर्थात् १० प्रतिशतभन्दा तल झार्ने निर्णय गरेको हो ।
सङ्घका अनुसार मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ । यस्तै बचतकाे ब्याजदर ५.४ देखी ७.४ प्रतिशत कायम भएकाे छ।








