इजिप्टको राजधानी कायरोस्थित एउटा व्यस्त राजमार्गमा पेट्रोलिअम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनामा परेपछि भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त घटनामा ३१ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
कायरोको उत्तरतिर अवस्थित वाराक क्षेत्रमा पर्ने चक्रपथको एउटा खण्डमा बुधवार साँझ उक्त दुर्घटना भएको हो।








