काठमाण्डाैँ,

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पूँजीगत खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।उनले अहिलेसम्म चालू खर्च ५१ दशमलव  ४६ प्रतिशत, पूँजीगत खर्च २२ दशमलव १५ र व्यवस्थापन खर्च ३७ दशमलव ४१ प्रतिशत मात्रै गरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

बुधबार प्रतिनिधिसभाकाे बैठकमा सांसद शाहीले भने ‘असारमा मात्रै खर्च गर्ने, सरकारले अझै ७८ प्रतिशत पूँजीगत खर्च गर्न बाँकी छ । भएभरको पैसा बैंकमा राख्ने र ब्याज खाने ? यसले गर्दा वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो,’ उनले सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणका काम ठप्प पारिएको आरोप पनि लगाए ।