काठमाडाैँ,
नेकपा नेमालका पुर्व सांसद् सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझीले फरार भएर गल्ति स्विकार गरेकाे आराेप लगाएका छन्। उनले एक/दुई जना नेताले गरेको गलत कार्यको प्रश्न लाखौँ कार्यकर्ताले बोक्न नसक्ने पनि जनाएका छन् ।
‘फरारको अर्थ अपराध स्वीकार गर्नु हो, यो जसले पनि बुझ्ने कुरा हो, गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘१,२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौं एमाले कार्यकर्ताले बोक्न सक्दैनन्, सुशासनको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’








