साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेश लाइ लगायाे प्रतिबन्ध

समाचार शेयर गर्नुहोस्

काठमाण्डाै

साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।   आगामी हज यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन साउदी अरेबियाले १४ देशका नागरिकलाई अस्थायी रूपमा भिसा रोक लगाउने निर्णय गरेको हो ।

यो प्रतिबन्ध विशेषगरी उमराह तीर्थयात्रा, व्यापारिक भ्रमण तथा पारिवारिक भेटघाट प्रयोजनका लागि जारी गरिएका भिसामा लागू हुनेछ।

साउदी गृहमन्त्रालयअन्तर्गतका अधिकारीहरूका अनुसार, अत्यधिक भीड नियन्त्रण गर्न र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो। प्रतिबन्ध आगामी जुन महिनाको मध्यसम्म लागू रहनेछ, जुन समयसम्म हज यात्रा सकिने अनुमान गरिएको छ।
सन् २०२४ मा भएको हज यात्रामा गर्मी र व्यवस्थापनको चुनौतीका कारण १,२०० भन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थिए। तीमध्ये धेरै जना अनधिकृत यात्रु रहेको साउदी अधिकारीहरूले जानकारी दिएका छन्। यस्ता घटनालाई दोहोरिन नदिन साउदी सरकारले उमराह भिसालाई समेत समयमै नियन्त्रण गर्ने रणनीति अघि सारेको हो।

कुन–कुन देशमा लाग्यो प्रतिबन्ध ?

– भारत
– पाकिस्तान
– बंगलादेश
– इथियोपिया
– अल्जेरिया
– इन्डोनेसिया
– इराक
– जोर्डन
– नाइजेरिया
– इजिप्ट
– सुडान
– ट्युनिसिया
– यमन
– मोरोक्को

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।