काठमाडाैँ,
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका खाँणलाई ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो।
म्याद थपका लागि अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर, टेकुबाट स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षणपछि सरकारी वकिल कार्यालय लगेर त्यहाँबाट अदालत पुर्याइएको थियो।








