काठमाडाैं,
कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेर हेटौँडामा कक्षा १२ को परीक्षा दिइरहेका एक जना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय वृन्दावन नगरपालिका ३ का भोजिन्द्र राय यादवको छोरा वर्ष २२ को विवेक यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए।
मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए ।
यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो । अभियुक्त यादवलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।