३२ जेठ, काठमाडाैं

आज बिहिबार सुनकाे मुल्य ८०० रूपैँयाले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य प्रतिताेला ८०० रूपैँयाले घटेर एक लाख ११ हजार रूपैँयामा काराेबार भइरहेकाे छ। तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुन प्रतिताेला एक लाख ११ हजार ८०० सय रूपैँयामा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला एक हजार ४२५ रूपैयाँमा कारोबार भएको थियो ।