सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से ०.९४ अंकले बढेको थियो भने सोमबार ४.३४ अंकले घटेको थियो ।