महाधिवेशनका कारण विवादमा रहेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता जारी छ । वार्ता कार्यवहाक सभापति पूर्णबहादुर खड्कनिवास बालुवाटारमा भइरहेको छ ।
वार्तामा विशेष महाधिवेशनको तर्फबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरु घिमिरे र मधु आचार्य, संस्थापनबाट खड्कासँगै रमेश लेखक र बालकृष्ण खाँण तथा शेखर कोइरालाको पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् ।
वार्तामा विशेष महाधिवेशनको स्वामित्व केन्द्रीय समितिले लिनुपर्ने, चुनावको टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर हुन नहुने, चुनाव गठबन्धन गर्न नहुनेलगायत माग विशेष पक्षले राखेको छ ।







