काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उमेदवार केदार कार्कीले नेपाली कांग्रेसको उमेदवार सचिन तिमल्सेनालाई समर्थन गरेका छन् ।

तिमल्सेनालाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्कृय पारेको उनले बताएका छन् । काठमाडौं-४ मा स्वतन्त्र उमेदवारी दिएका कार्कीलाई निर्वाचन आयोगले कैँची चुनाव चिह्न प्रदान गरेको छ ।