३० फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४.७ प्रतिशत मत बदर भएको जानकारी दिए ।

जिसीका अनुसार अघिल्ला निर्वाचनको तुलनामा यसपटक कम मत बदर भएको हो । उनका अनुसार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो ।

यस्तै उनले २०७४ मा ५.१८ प्रतिशत, २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत र २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको जानकारी दिए ।