स्पेनिस क्लब बार्सिलोनाको अध्यक्षमा पुनः जोन लापोर्टा चुनिएका छन् । उनले आइतबार भएको निर्वाचनमा भिक्टर फन्टलाई पराजित गरेका हुन् ।
लापोर्टाले ३२ हजार ९३४ मत प्राप्त गरेका थिए । यसैगरी, फन्टले फन्टले १४,३८५ मत पाए ।
लापोर्टा लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका हुन् । सन् २०२१ मा दोस्रो पटक बार्सिलोनाका अध्यक्ष लोपार्टाको ९ फेब्रुअरीमा ५ वर्षे कार्यकाल सकिएको थियो । त्यसअघि उनी सन् २००३ देखि २०१० सम्म पनि बार्सिलोनाको अध्यक्षको भूमिकामा थिए ।
लोपार्टाको पछिल्लो कार्यकाल सकिएपछि निर्वाचन सम्म नहुँदासम्म राफा युस्टेले कार्यवहाक अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।








