रौतहट ।
बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा फेला परेका छन्।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौराई, रौतहटको इलाका प्रहरी कार्यालयको टोली खटिई खोज तथा उद्धार कार्य सुरु गरिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रपुर, नारायनदल गण बेस चन्द्रपुर, सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुर तथा इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीको संयुक्त टोलीले नदीमा डुङ्गाको प्रयोग गरी निरन्तर खोजतलास गरेको थियो। आज बिहान करिब ७:३० बजे खोजतलासका क्रममा स्याङतानको शव नुनथरस्थित झोलुङ्गे पुलदेखि करिब १०० मिटर उत्तर बागमती नदीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शवलाई सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा नदीबाट बाहिर निकालेर आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रपुर पठाइएको प्रहरी नायब उपरीक्षक रूपा लावुङ्गले बताए ।








