काठमाडौं– भोटेकोशी बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। विपद् व्यवस्थापनबारे प्रश्नहरु उठन थालेको छ । विपत्तिको छ दिन बित्दा पनि सरकारको खोज, उद्धार, राहत र समन्वयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठिरहेका छन्। संकटको आकार बढ्दै जाँदा राज्यको संयन्त्र अझ प्रभावकारी हुनुपर्ने हो। तर अहिले उल्टो अवस्था देखिएको छ—विपत्ति गहिरिँदै जाँदा सरकारको व्यवस्थापन क्षमता झन् कमजोर देखिएको टिप्पणी हुन थालेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेन सामाजिक सञ्जालमार्फत दैनिकजसो उद्धार तथा व्यवस्थापनसम्बन्धी रिपोर्ट सार्वजनिक गरिरहेका छन्। रिपोर्ट सार्वजनिक हुनु नराम्रो होइन। तर जनतालाई सरकारका गतिविधिबारे जानकारी दिनु आवश्यक पनि हुन्छ। संकटमा परेका परिवारका लागि सामाजिक सञ्जालमा आउने रिपोर्टभन्दा महत्वपूर्ण कुरा आफ्ना आफन्तको अवस्था थाहा पाउनु र समयमै उद्धार हुनु हो । छ दिनसम्म हजारौं नागरिकको अवस्था यकिन हुन नसक्नु र बेपत्ताको खोजी प्रभावकारी रूपमा अघि बढ्न नसक्नुले सरकारी संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठाएको छ।



