काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलनमा सहभागीहरू अझै पनि जेलमा रहेकाले उनीहरूको रिहाइको माग गरेका हुन्।