ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा दोस्रो चरणको निर्वाचनमा दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
पहिलो चरणमा पछाडि परेका लुलाले दोस्रो चरणमा ५१.७९ प्रतिशत मत प्राप्त गरे । उनका प्रतिस्पर्धी बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाए । अक्टोबर ४ मा भएको पहिलो चरणको निर्वाचनमा फ्लाभियो बोल्सोनारोले ४७.०३ प्रतिशत र लुलाले ४५.१६ प्रतिशत मत पाएका थिए ।








