भारतबाट भन्सार सुविधामा भित्र्याइएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग बढ्दा सीमाक्षेत्रबाट हुने अवैध कारोबार तथा अपराध नियन्त्रणमा चुनौती बनेको छ ।
खुला सीमाक्षेत्र भएको मोरङमा भारतीय नम्बर प्लेटका साना सवारीसाधनको सङ्ख्या बढिरहेकाले सुरक्षासँगै राजस्व असुलीमा समेत चुनौती बनेको बताइएको हो ।








