नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । सभापति गगन थापाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
शपथको क्रममा सभापति थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई ८ बुँदे प्रतिज्ञा गराएका छन् । प्रतिज्ञापत्रमा पार्टीको विधान विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुने, पार्टीको नीति निर्देशन बमोजिम पार्टीका कार्यक्रम, अभियान तथा गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी हुनेलगायतका विषय समेटिएका छन् ।








