हुलाकी सडकको विस्तारसँगै बाँके र बर्दियामा उद्योग क्षेत्रमा लगानी बढ्न थालेको छ । बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी)उद्योगको पूर्वाधार निर्माणको काम भइरहेको छ । उद्योग सञ्चालनमा आएपछि पश्चिम क्षेत्रमै बिस्कुट उत्पादन र बजार विस्तारको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।
छिमेकी बर्दियाको गुलरिया नगरपालिका–८ मा रु चार अर्ब लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ । सुवरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा स्थापना भएको उद्योगले देशभर आफ्नो उत्पादन पु¥याउने लक्ष्य राखेको छ । ती दुई उद्योगले पश्चिम नेपालमा औद्योगिक लगानी विस्तार हुँदै गएको चित्रण गरेको छ ।








