प्यूठानको गौमुखी गाउँपालिका–७, नारीकोटमा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार स्थानीय शिवलाल थापाका छोरा कृष थापाको बिहीबार बिहान आफ्नै घरमा बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।








