डिजिटल प्लेटफर्म टिकटकको माध्यमबाट नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ७ देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् ।
नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको संयुक्त सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माताहरू नेपाल आएका हुन् ।








