नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बलियो सरकार बन्न प्रधानमन्त्री मात्र शक्तिशाली भएर नहुने बताएका छन्। त्यसका लागि राज्यका संस्थाहरू, नियम र कानुन बलियो हुनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि आइतबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।








