बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा तत्काल उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हालको मौसम अवस्थाको विश्लेषण गर्दा चक्रवातका कारण नेपालमा तत्काल ठूलो मौसमी परिवर्तन हुने संकेत देखिएको छैन।








