नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरण सहज बनाउने र उपभोक्ताको हित प्रवर्द्धन गर्ने उद्देश्यले उद्योगहरूलाई गाभ्ने नीति लिइएको हो ।