भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ। घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन्।

मणिपुरको चन्देल जिल्लास्थित चकपिकारोङ क्षेत्रमा उक्त घटना भएको हो। यो क्षेत्र राज्यको राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्दछ। भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार बिरामी परेका करिब ६०० जनालाई सरकारी तथा निजी अस्पतालमा भर्ना गरिएको छ।