संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आफ्नो एक साता लामो औपचारिक भारत भ्रमण अत्यन्तै फलदायी र ऐतिहासिक भएको बताएका छन् ।
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका उपलब्धि सार्वजनिक गर्दै उनले नेपाल–भारत साझेदारीले नयाँ र सकारात्मक दिशा लिएको उल्लेख गरेका हुन् ।








