काठमाडौं
सर्वाधिक लोकप्रिय चिनिया इ-कमर्स साइट का धनि ज्याक मा १५ दिने भ्रमणका लागि नेपालमा रहेका छन् । नेपालमा रहँदा काठमाडौं होटल द्वारिका मा बसेका ज्याक भोलि चितवन मेघौली को चौधरी सेरइ होटल आउने तयारी गरिएको छ ।
आज काठमाडौं को तरकारी मण्डी कालिमाटी लगायतका स्थानमा घुमेका ज्याक भोलि चितवन आएर मेघौलिमा बस्ने योजना बताइएको छ । नेपाली खर्बपति बिनोद चौधरी का छोरा गिर्वाण सँग ज्याक मा को नजिकको सम्बन्ध रहेको बुझिएको छ ।
नेपालमा सर्वाधिक लोकप्रिय दराज अनलाईन पनि केहि समय अगाडी ज्याकमा ले किनेका थिए ।