काठमाडाैं, १९असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले बनाउने र ढाल्ने खेलमा आफुहरू नरहेकाे र त्यस्ता गठबन्धनमा रूचि नरहेकाे बताएका छन्।

मंगलबार बिहान कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले भने,‘हामी सरकार फेरबदलको पक्षमा छैनौं। हामी गठबन्धनहरूमा छैनौं। हामी अहिले सरकार बनाउने ढाल्ने क्रियाकलापहरूमा हामी छैंनौं। हामी त्यसमा सहभागी छैनौं। हामीलाई त्यसमा इन्ट्रेस्ट छैन। हामी अहिले संगठन निर्माणमा छौं,’

मुलुक आर्थिक संकटमा रहेको पनि उनले बताए। त्यसको सम्बोधन गर्न सरकारले ठोस योजना ल्याउन नसकेको पनि बताए।

सरकारले आम नागरिक, उद्योगी, व्यवसायीलाई राहत हुनेगरी कुनै निर्णय नगरे आफूहरूले ठोस निर्णय लिने पनि बताए।