काठमाडाैं, २० असार
कोभिड–१९ को जनचेतनामुलक कार्यक्रमको भुक्तानी लिने क्रममा घुस लिएको आरोपमा एक गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादव रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीहरुलाई सेवाग्रहीसँग एक लाख २५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो ।