काठमाडाैं,२४ असार

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा बैठक सारिएकोप्रति असहमति जनाएका छन् । आइतवार प्रतिनिधि सभा बैठक बस्दै नबसी सरेपछि उनले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएका हुन् ।

उनले आफूहरु प्रधानमन्त्रीको जवाफ सुन्नको लागि संसदमा गएको तर प्रधानमन्त्रीकै आग्रहमा संसद स्थगित भएको भन्दै बैठक किन सारियो भन्दै उनले प्रश्न गरेका छन् ।
उनले भने, ‘हामी त प्रधानमन्त्रीको जवाफ सुन्न संसद भवन पुगेका मात्र थियौँ । प्रधानमन्त्री कै अनुरोधमा आजको बैठक भोलि असार २५ गतेलाई सारिएको सुचना आयो । जवाफ तयार गर्नुअघि कतै सोध्नु पर्ने हो कि ? किन सारिए छ ? को नि ?’