काठमाडाैं,२ साउन

सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-१२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी रहेका छन्।

वडा नम्बर १२ धर्मपुर टोलमा गत शुक्रबार राति ति नाबालिगमाथि बलात्कार भएको हो। उनीहरुले बलात्कारपछि घटना सार्वजनिक गरे किशोरीलाई मार्ने धम्की समेत दिएका थिए ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले हिजो उनीहरुलाई नियन्त्रणमा लिएको हो।