काठमाडाैं, ३ साउन
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विकल्प खोज्न सकिने बताएकी छन् ।
बुधबार सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य खतिवडाले पार्टीलाई अघि बढाउने जिम्मा महामन्त्रीहरुको भएको भन्दै मिलेर अघि बढ्न सुझाइन्।
‘दुई जना नै महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ, कांग्रेस बलियो बनाउन कांग्रेसलाई एक ढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरू हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नुहोला,’ बैठकमा उनले भनिन्, ‘तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने जसरी तपाईंहरू अरु कसैको विकल्प खोज्छौँ भन्दै हुनुहुन्छ । तपाईंहरूको विकल्प पनि हामीहरूले खोज्ने दिन नआओस् ।’